समाज

सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु , दुई जना घाइते

कञ्चनरुप (सप्तरी) । सप्तरीमा फलामको रड बोकेर गइरहेको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ का २७ वर्षीय सन्तोष सदा रहेका छन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
सप्तरीको अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको स १ त ६१०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना भएको थियो ।
दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक २९ वर्षीय श्रीप्रसाद मण्डल र मजदुर १८ वर्षीय युवराज सदा घाइते भएका छन्।
घटना बारे थप अनुसन्धान गरिने सप्तरी प्रहरीले जनाएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page