स्वास्थ्य

दुई दिने बाल रोग सम्बन्धि निशुल्क स्वास्थ्य परीक्षण ; पहिलो दिन १७५ बालबालिकाले लाभ लिए

उत्तम आचार्य /
कञ्चनरुप, २६ फागुन ।
सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरको आयोजनामा बिहीबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा दुई दिने बाल रोग सम्बन्धि निशुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले बालबालिकाको स्वास्थ्यलाई राम्रो बनाउन उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिई पोषिलो खानाको साथै सरसफाइमा अभिभावहरुले ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले नगरपालिकाले स्वास्थ्यमा विशेष ध्यान दिएकै कारण मधेश प्रदेशमा कञ्चनरुप नगरपालिका दास्रो भएको स्मरण गराउँदै अब यस नगरपालिकालाई देशमै उत्कृष्ट बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।

एम्स अस्पताल नयाँ दिल्लीका बालरोग विशेषज्ञ डा. डम्बर प्रसाद साहले औषधी उपचारका साथै आफ्ना बालबालिकालाई पोषणयुक्त खाना खुवाउन अभिभावकहरुलाई सुझाव दिनु भएको थियो ।
स्वास्थ्य शाखाका स संयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, जनस्वास्थ्य निरीक्षक सुरेन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले ५ वर्ष मुनीका बच्चाहरुको स्वास्थ्यमा कुनैपनि समस्या नआओस भन्ने उदेश्यका साथ यो शिविरको आयोजना गरिएको जानकारी गराउनु भयो ।

शिविरको पहिलो दिन १ सय ७५ जना बालबालिकाहरुको उपचार भई स्वास्थ्य लाभ लिएको गुप्ताले जानकारी गराउनु भयो । एम्स हस्पिटल दिल्लीका बाल रोग विशेषज्ञ डा. डम्बर प्रसाद साहले बालबालिकाहरुको स्वास्थ जाँच गरि सेवा प्रदान गर्नु भएको स्वास्थ शाखाले जनाएको छ ।
पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहजिकरणको भूमिका निर्वाह गर्नुभएको थियो भने प्राथकिम स्वास्थ्य केन्द्रका स्वास्थ्य व्यवस्थापक समितिका अध्यक्ष एवं वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा कार्याक्रम भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page