समाचार

कञ्चनरुप नगरपालिकाको चालु आर्थिक वर्षको आय बजेट ७७ करोड

डम्बर राई / उत्तम आचार्य
कञ्चनरुप (सप्तरी) ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले चालु आर्थिक वर्ष २०७८—०७९ मा ७६ करोड ८९ लाख १६ हजार एकसय छपन्न रुपैयाँ चौवालिस पैसा बजेट आय विवरण प्रस्तुत गरेको छ ।
विहिवार सम्पन्न छैठौं नगर सभामा नगर उपप्रमुख निरु पोखरेलले प्रस्तुत गरेको संक्षिप्त बजेटमा नगरपालिकाको ४३ करोड ७४ लाख ३५ हजार एकसय छपन्न र पैसा चौवालिस, शिक्षा ३७ लाख, स्वास्थ्य एक करोड २९ लाख २५ हजार, कृषि तथा पशु ५८ लाख ५६ हजार सशर्त २९ करोड ४० लाख र प्रदेश सशर्त १५ करोड बजेट आय रहेको उल्लेख रहेको छ । यस्तै खर्च तर्फ २८ करोड ६५ लाख २७ हजार पाँच सय चौहत्तर र २६ पैसा अनुमानित गरिएको छ भने ४८ करोड २३ लाख ८८ हजार पाँच सय ८२ रुपैयाँ १८ पैसा मौज्दात बाँकी देखिएको छ ।
चालु आ.व. कै श्रावण देखि फागुनसम्मको आन्तरिक श्रोतबाट ६३ लाख १७ हजार तीनसय १३ रुपैयाँ ३६ पैसा (राजश्व) आम्दानी भएको प्रस्तुत बजेटमा उल्लेख रहेको छ । सभामा भए गरेका कामको २८ बुँदे प्रगति विवरण, कार्वान्वयन गरिएका कानून तथा नीतिहरु, भौतिक पूर्वाधार निर्माण तर्फका कार्यहरुको बुँदागत विवरण सार्वजनिक गरिएको थियो ।

साथै उप प्रमुख पोखरेलले आफ्नो कार्यकालमा आफु न्यायिक समितीमा रहेर १९० वटा भन्दा बढी मुद्घाहरु हेरेको र त्यसमध्ये केहि फिर्ता, केहि विभिन्न कोणबाट छिनोफानो तथा मिलान भएको र आफुले निश्पक्ष रुपमा विकासिय कामसंगै न्यायिक क्षेत्रमा काम गरेको खुलासा गर्नुभयो ।
सभाका अध्यक्षता गर्नुभएको नगर प्रमुख बसन्त कुमार मिश्रले, यस नगरपालिकामा के के काम भयो ? भन्ने भन्दापनि कुन काम भएनर ? भन्ने प्रतिप्रश्न गरेहुन्छ भन्दै जिल्लामा यस नगरपालिकाले सबैभन्दा राम्रो काम गरेको दावी गर्नुभयो । वहाँले शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा गुणस्तरिय काम भएको विवरण सहितको चर्चा गर्नुभयो । यहाँका प्राथमिक स्वास्थ्य केन्द्रमा प्रदत्त स्वास्थ्य सेवा जस्तो पर्याप्त सेवा अधिराज्यभरी नै नभएको ठोकुवा गर्दै वहाँले भन्नुभयो, सर्पदंश,,आँखा, दाँत एवं कुकुरको टोकाईको उपचार र प्रसुतीमा सुलभ उपचारको संचालन गरिएको छ । गर्भवतीका लागि निःशुल्क औषधी र एम्बुलेन्सको व्यवस्था मिलाइनुको साथसाथै मधुमेह रोग, चिनी चेकजाँचको पनि निःशुल्क उपचार गराइदै आएको मिश्रले जानकारी गराउनुभयो ।

१५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा छ यो भवन निर्माणकार्य सम्पन्न भइसकेपछि कुनैपनि रोगका यहाँका विरामीहरु अन्य स्थानमा उपचारका लागि जानु नपर्ने आफुले त्यस अनुसारको कार्य गरेको बताउनुभयो । साथै वहाँले चार हजार चार सय ६४ परिवारले केहि समय पछाडी शुद्घ खानेपानी पिउन पाउने र पर्याप्त मात्रामा खानेपानी घरघरमै आइपुग्ने जनाउनुभयो ।
नगरपालिकामा कर्मचारी, जनप्रतिनिधि सबैमा एकता रहेको र कुनैपनि काममा विवादरहित सर्वसम्मत निर्णयबाट काम भएको छ । यहाँ कर्मचारीहरु योग्यछन् वहाँले भन्नुभयो, कार्यालय सहगोगीले पनि उच्च दर्जाको कर्मचारीको काम गर्दै आएकाछन् ।

कार्यालयको बेरुजु रकमलाई केहि समूहले भ्रष्टाचार गरेको भनेर हल्ला लगाएको छ तर बेरुजु रकम भ्रष्टाचार होइन, कतै खर्च भएको हो खानेपानीको सम्झौतानुसार उपभोक्ताले व्यहोर गर्नुपर्ने शिर्षकमा नगरपालिकाले लगाइदिएको हो । यो उपभोक्ताबाट संकलन हुँदै आएको पाँच प्रतिशत रकम उठेपछि जम्माहुन आउछ ढुक्क हुनुस् नगरप्रमुखले भन्नुभयो ।
जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी र नागरीक समुदायका्े सहयोग तथा सवल भुमिका प्रति मिश्रले सहानुभुति जनाउदै धन्यवाद प्रदान गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page