आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाज

हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सप्तरीको आग्रह (सूचनासहित )

कञ्चनरुप (सप्तरी), ११ चैत । जिल्ला प्रशासन कार्यालय सप्तरीले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तबरले सम्पन्न गर्नका लागि हातहतियार बुझाउन जिल्ला वासीसँग आग्रह गरेको छ ।
सप्तरी प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै इजाजत लिएर जिल्लावासीले राखेका हतियार चैत मसान्त भित्र बुझाउन आग्रह गरेको हो ।
सूचनामा भनिएको छ, ‘२०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नको लागि सप्तरी जिल्लाभित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भए पश्चात फिर्ता पाउने गरी चैत मसान्त भित्र नजिकको प्रहरी ईकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझैं जिल्ला प्रहरी कार्यालयमा बुझाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page