समाज

सप्तरीमा नुहाउने क्रममा पोखरीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

साँकेतिक तस्बिर

सप्तरी । सप्तरीमा मामा घर गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका–४ मा आइतवार दिउँसो विष्णुपुर गाउँपालिका–२ सिमराहाका ईन्द्र यादवका ८ वर्षीय छोरा देवराज यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मामा घर नजिकै रहेको सार्वजनिक पोखरीमा नुहाउने क्रममा बालक डुबेर सिकिस्त भएका थिए । उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार शवको पोष्टमार्टम पश्चात अन्त्येष्टिको लागि आफन्तको जिम्मा लगाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page