समाज

गोरखामा एक ३५ वर्षीया महिलाको शव फेला

गोरखामा एक महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार गोरखा सदरमुकाममा लक्ष्मीबजार घर भएकी ३५ वर्षकी फूलमाया सिर्मलको बारीमा शव फेला परेको हो ।
मंगलबार राति २ बजेतिर घटना भएको प्रहरीको अनुमान छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
घटनास्थल वरपर रगत देखिएको र महिलाको शरीरमा भने चोटपटक नदेखिएको जनाइएको छ ।
स्थानीयले उनको हत्या भएको हुन सक्ने आशंका गरेका छन्।
उनी माइती आएकी थिइन्।

You cannot copy content of this page