खेलकुद

उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्ड कप फुटबलको उपाधि सिरहाले जित्यो

कञ्चनरुप (सप्तरी), २ वैशाख । गाइघाट फुटबल क्लब उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सहलेस फुटबल क्लब सिरहाले चुमेको छ ।
उपाधिको लागि शुक्रबार सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित सहित स्मृति रंगशाला खेल मैदानमा भएको फाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै सहलेस फुटबल क्लब सिरहाले उपाधि रक्षा गरेको हो ।
सिरहाको तर्फबाट जर्सि नं. १० का मार्टिनले २ गोल गरे भने जर्सि नं. १५ का रुप लामाले एक गोल गरि सिरहालाई जित दिलाएका थिए । निर्धारित ९० मिनेटको समयमा गाइघाट फुटबल क्लब उदयपुरले कुनै पनि गोल गर्न सकेन ।
जिल्ला फुटबल संघ सप्तरी तथा न्यु त्रियुगा स्पोट्र्स क्लब फत्तेपुरको आयोजना र मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदिय बिकास र सप्तकोसी नगरपालिका सप्तरीको सहयोगमा चैत २५ गते शुक्रबार देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो । राष्ट्रियस्तरका खेलाडीहरू सम्मिलित टिममा सप्तरी, सिरहा, उदयपुर, सर्लाही, महोत्तरीसहित झापाको दमक फुटबल एकेडेमी, मोरङको डाँगीहाट फुटबल क्लब र सुनसरीको इटहरी फुटबल क्लबको सहभागिता रहेको छ ।
प्रमुख अतिथि मदन भण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष धुर्ब आचार्यले बिजेता उपबिजेता टिमलाई पुरस्कार बितरण गर्नुभयो । प्रथम हुने टिमले नगद दुई लाख ट्रफि मेडल प्रमाणपत्र पाए भने दोर्सो हुने टिमले एक लाख नगद ट्रफि मेडल प्रमाणपत्र पाप्त गरे ।
प्रतियोगितामा सार्वाधिक गोल कर्ता ,उत्कृष्ट खेलाडी म्यान अफ दि म्याच ,बेस्ट गोल किपर लाई समेत पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page