खेलकुद

मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता : फाइनलमा उदयपुर र सिरहा भिड्ने

फत्तेपुर, ३० चैत । गाइघाट फुटबल क्लब उदयपुर सप्तरीको सप्तकोसी नगरपालिकामा जारी मदन भण्डारी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फत्तेपुरस्थित सहिद रंगशालामा बुधबार भएको अन्तिम सेमि फाइनल खेलमा गाइघाट फुटबल क्लब उदयपुरले आयोजक सप्तरीलाई ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
खेलको निर्धारित समयमा २/२ गोल बराबरी भए पछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । निर्धारित समयमा गाइघाटको तर्फबाट जर्सि २२ का योमि र जर्सि नं. ९ का बुद्ध बलले १/१ गोल गरे भने आयोजक को तर्फबाट जर्सि नं. १५ अरमोन्डले २ गोल गरेका थिए ।
फाइनल खेल बैशाख २ गते गाइघाट फुटबल क्ल्ब उदयपुर र सहलेस फुटबल क्ल्ब सिरहा बिच हुने आयोजकले जानकारी दिए। प्रतियोगिताको मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले बागमती फुटबल क्लबलाई ३-० अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
जिल्ला फुटबल संघ सप्तरी तथा न्यु त्रियुगा स्पोट्र्स क्लब फत्तेपुरको आयोजना र मधेस प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको संसदिय बिकास र सप्तकोसी नगरपालिका सप्तरीको सहयोगमा चैत २५ गते शुक्रबार देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा प्रदेश नम्बर १ र मधेस प्रदेशका ८ वटा टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेतालाई २ लाख नगद, ट्रफी र उपविजेतालाई १ लाख नगद र ट्रफी प्रदान गर्ने जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page