समाज

धर्मी हल्फा महिला विकास सप्तरीद्वारा डाकनेश्वरीका अग्निपीडित परिवारलाई राहत वितरण

कञ्चनरुप, ६ वैशाख । धर्मी हल्फा महिला विकास क्लब सप्तरीले डाकनेश्वरी नगरपालिका ६ कटैयाका दुई अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।
क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले मंगलबार अग्निपीडित रुप नारायण यादव र शिव नारायण यादवको घरमै पुगी राहत वितरण गरेका हुन ।
अध्यक्ष यादवले राहत स्वरुप त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल, गिलास, कराही, डेकची र छोलनी लगायतका सामाग्रीहरू वितरण गरेका छन् ।
गत बैशाख २ गते आगलागि हुँदा अनुमानित ४ लाख भन्दा बढीको क्षति भएको थियो ।
सो राहत वितरण कार्यक्रममा पत्रकार महेन्द्र सदा, समाजसेवी जय नारायण यादव, चन्द्रेश्वर विराजी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page