समाज

सप्तरीमा बिहेको टेन्ट खोल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनरुप (सप्तरी) । सप्तरीमा बिहेको टेन्ट खोल्ने क्रममा करेन्ट लागेर बिहीबार बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका ६ खुदिबखारीका ३० वर्षीय शत्रुधन मण्डल रहेका छन ।
छिन्नमस्ता ३ सखडामा सुरेन्द्र मण्डलको छोरीको बिहेमा टेन्ट खोल्ने क्रममा करेन्ट लागेर भण्डल सख्त घाइते भएका थिए ।
घाइते भण्डलको उपचारको क्रममा छिन्नमस्ता अस्पतालमा मृत्यु भएको स्थानिय कृष्ण मण्डलले जानकारी दिए ।
मृतकको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा पोष्टमार्टम पश्चात दाहसंस्कारको लागि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page