समाचार

पार्टीकै निम्ति अपाङ्ग बनेका चौधरीलाई पार्टीद्वारा सम्मान

डम्बर राई
कञ्चनरुप (सप्तरी), बैशाख ९ गते ।

पार्टीकै निम्ति २४ बर्ष अगाडी अपाङ्ग बनेका कञ्चनरुप ४ निवासी बुद्घशेन चौधरीलाई नेकपा एमालेले सम्झिएको छ । पार्टीको स्थापना दिवसको अवसरमा अपाङ्गता जीवन भोगिरहेका चौधरीलाई सम्मानार्थ सम्झिएको हो ।
नगद पाँच हजार एक सय, सर्ट पेन्ट जुत्ता मोवाइल फोन १ थान हस्तान्तरण सहित दोसल्ला ओढाएर चौधरीलाई सम्मान गरेको छ । पार्टीप्रति त्यागी चौधरीलाई २०५४ सालको स्थानिय चुनावमा नेपाली काँग्रेसका कार्यकर्ताहरुले सर्वोदय माध्यमिक विधालयको मतदान केन्द्रबाट बाहिरीने क्रममा लाठी, ढुंगा, मुढाले सख्त कुटपिट गरेका थिए । कुटाईबाट सख्त घाइते चौधरीलाई नेपालमा उपचार हुन नसकेपछि भारतको सिल्लीगुडी स्थित अस्पतालमा उपचार गरीएको बच्चुलाल चौधरीले बताए । उनलाई तीन महिनासम्म सिल्लीगुडीमा राखेर उपचार गर्दापनि पूर्णरुपमा हिडडुल गर्न नसक्ने भयो । उनको खुट्टाले भर गर्दैन दुबै हातले लाठी टेकेको सहाराले विस्तारै घस्रिएको अवस्थामा हिड्छन् कम्मरको समस्या रहेको चौधरीको भनाई छ ।

लामो समयदेखि यसरी पिडा दायक घरैमा थन्किएर बस्न बाध्य भएपनि पार्टीको गतिविधी वारे जानकारी लिने र बुझ्ने काममा आफु पछि नपरेको उनी बताउँछन् । यसरी पार्टीको निम्ती साङ्घातिक आक्रमणबाट अपाङ्ग हुनुपर्दा पनि पार्टीप्रति समर्पित भएर बसेको छु हिड्न सक्दिन तर विचार भावना अरुलाई व्यक्त गर्दछु चोधरीको कथन छ ।
पाटीकै निम्ति अहोरात्र खट्नेक्रममा धेरैको जीवन बलिदानी भएकाछन् भने अपाङ्गता भोग्न वाध्य पनि धेरैछन् तर पार्टीले यस परिवारलाई सम्मानपूर्वक स्थानमा राख्ने र पिडित परिवारलाई उचित व्यवस्थापन गरिनुपर्छ तर यस्तो पाइएको छैन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page