राष्ट्रिय समाचार

हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ । जेठ १ गते देखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने सरकारले निर्णय गरेको छ ।
हाललाई परीक्षणकालागि कार्यालय समय बढाएर विहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएको सञ्चारमन्त्रीले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page