राजनीति

नेकपा एमाले सप्तकोसी नगरपालिकाले सुरु ग¥यो घरदैलो कार्यक्रम

फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिकामा नेकपा एमालेले बुधबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले गत सोमबार नगर प्रमुख ,उपप्रमुख, ११ वटा वडा अध्यक्षसहित ५७ पदमा उम्मेदवारहरुको मनोनयन दर्ता गरेपछी नेकपा एमालेले बुधबारबाट घरदैलो कार्यक्रम सुरु गरेको हो ।
घरदैलो कार्यक्रमको पहिले दिन सप्तकोसी नगरपालिका वडा ११ बाट नगर प्रमुखका उम्मेदवार उत्तमकुमार शर्मा र उपप्रमुखका उम्मेदवार संगिता चौधरी, नेकपा एमाले नगरकमिटि अध्यक्ष पारस दहाल, वडा नम्बर ११ का वडा अध्यक्षका उम्मेदवार डोलेस्वर खडका, वडा सदस्यका उम्मेदवार, पार्टी का नगरकमिटि वडा कमिटि सदस्यहरु, पार्टीका नेता कार्यकर्ता सहितको उपस्थितिमा घरदैलो कार्यक्रम शुरु गरेको छ ।
वडा नम्बर ११ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा डोलेस्वेर खडगाले उम्मेदवारी दिएका छ्न।
कार्यकर्ताहरु तथा जनताहरुको उत्साहपुर्ण सहभागितासंगै घरदैलो कार्यक्रममा ११ नम्बर वडा बाट शुरु गरिएको नेकपा एमाले निर्वाचन परिचालन कमिटीका संयोजक पारस दाहालले जानकारी दिए।

   

You cannot copy content of this page