राजनीति

कञ्चनरुपमा स्वतन्त्र बाहेक दशवटा पार्टीले नगरप्रमुख र ७ वटाले उपप्रमुखमा मनोनयन दर्ता गरे

डम्बर राई
कञ्चनरुप (सप्तरी) १३ बैशाख ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा दश वटा पार्टीले उम्मेदवारी मनोनयन गरेका छन् ।
यहि बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि सोमवार निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्रले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय कञ्चनरुपले जानकारी दिइएको छ ।
नगर प्रमुखमा एमालेबाट मो. कलिम मियाँ, नेपाली काँग्रेसबाट ललन प्रसाद गुप्ता, जसपाबाट भोला कुमार पासवान, लोकतान्त्रिक समाजवादीबाट राज कुमार चौधरी, राप्रपाबाट श्रवण कुमार विष्ट, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिनेश्वर यादव, नेकपा एसबाट पुरुषोत्तम चौधरी, जनमतबाट इन्द्रदेव कौडगिया, उन्नत लोकतन्त्रबाट चन्द्रायण चौधरी र स्वतन्त्रबाट बालेश्वर चौधरी छन् । माओवादीबाट नगरप्रमुखमा उम्मेदवारी दिइएको छैन ।
यस्तै उपप्रमुखहरुमा क्रमशः एमालेबाट कल्पना चौधरी, काँग्रेसबाट मुना कुमारी पोखरेल, जसपाबाट कल्पना कुमारी चौधरी, लोकतान्त्रिक समाजवादीबाट पुनम पण्डित, माओवादीबाट वंशी प्रसाद चौधरी, जयावती मण्डल, होम कुमारी पोखरेल र जनमतबाट सम्झना रानाको मनोनयन पत्र दर्ता भएको छ ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, उन्नत लोकतन्त्र र स्वतन्त्रको उपप्रमुखमा मनोनयन भएको छैन । नगरप्रमुखको मनोनयन गरेका सबै पार्टीहरुले वडा अध्यक्ष र सदस्यहरु मनोनयन दर्ता गरेका छैनन् । वडा नम्वर १ मा नेकपा एमाले, नेपाली काँग्रेस, जसपा र जनमत पार्टीले मात्र छ भने वडा २ मा माओवादी, राष्ट्रिय समाजवादी पार्टी नेपाल र स्वतन्त्र थपिएको छ ।
यसैगरी वडा ३ लगायत अन्य वडाहरुमा एमाले, नेका, जसपा, मओवादी, लो्सपा सहित पाँचवटा भन्दा बढी पार्टीले वडा अध्यक्ष र सदस्यहरु दिइएका छन् तर कतिपय पार्टीको नगरप्रमुख मनोनयन गरिएपनि वडामा छैन ।
वडा नम्वर १२ मा यस पटक सात वटा पार्टी र काँग्रेसका बागी स्वतन्त्र उम्मेदवारी मनोनयन पत्र दर्ता गरेका छन् ।
२०७४ सालको स्थानिय निर्वाचनमा एमाले, काँग्रेस र माओवादीले मात्र चुनावमा भाग लिइएका थिए । एमालेले जित हासिल गरेको यस वडामा यसपल्ट पनि एमालेले नै जीत हातपार्नै स्थानियहरुको आकलन छ ।
नेपाली काँग्रेसका उम्मेदवार सुरज पोखरेल र जीत बहादुर श्रेष्ठ दुबैको नाममा टिकट आए पनि पहिलो दर्ता गर्नै पोखरेललाई पार्टीको नाममा र श्रेष्ठलाई स्वतन्त्रमा निर्वाचन कार्यालयले सार्वजविक गरेको छ । तर श्रेष्ठले आफुलाई आएको पार्टीको टिकट बैध रहेको दावी गर्दै आएका छन ।
कञ्चनरुपका लागि खटि आएका निर्वाचन प्रमुख हिमालय बरालको अनुसार १६ गते अन्तिम नतिजा सार्वजनिक हुनेछ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page