समाचार

कञ्चनरुपमा एमालेको चुनावी रौनकता बढ्दै , शुरु भयो घरदैलो कार्यक्रम

कञ्चनरुप, बैशाख १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेको चुनावी रौनकता बढेको छ । उम्मेदवारी मनोनयन दर्ता भएसंगै नाचगान सहितको र्रयालीले उम्मेदवारहरुलाई लिइएर घरदैलो कार्यक्रम शुरु गरेको छ ।
यसैक्रममा शुक्रवार वडा नम्वर १२ मा पार्टीका केन्द्रिय सदस्यहरु तथा सप्तरी इन्चार्ज दिवाकर देवकोटा, सह इन्चार्जद्घय राज कुमार लेखी र सरीता गीरीको अगुवाईमा वडा नम्वर १२ का वडा अध्यक्षका उम्मेदवार देवी बहादुर खत्री नगर प्रमुखका मोहम्मद कलिम मियाँ र उपप्रमुखका उम्मेदवार कल्पना चौधरीलाई अगाडी लगाई नाचगान सहितको बृहत र्रयालीले घरदैलो गरेको हो ।

रुपनगर चौकबाट निस्केको बृहत र्रयालीले वडाको प्रगतिशिल टोल हुदै कुजराही, खोरीया, तिनघरे, सुन्दरी, धरमपुर र कोलौनी टोल लगायत पाँचसय घरदैलो गरेको वडा कमिटी अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए । उनको अनुसार, वडाका सबै टोल घरदैलो गर्न नसकेकोले बस्तीपुर, चर्खिया, सीतापुर र साउनपुर नजिकिदै गरेको इदपर्व पछाडी गरिने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page