कञ्चनरुप, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ९ मा जनता समाजवादी पार्टी नेपालका वडा अध्यक्षका उम्मेदवार रामसुन्दर यादव प्यानल सहित विजयी हुनुभएको छ ।
यादवले ४६० मत ल्याएर वडा अध्यक्ष पदमा निर्वाचित भएको हो । उहाँका निकटतम प्रतिदोन्दी नेकपा एमालेका श्यामसुन्दर यादवले ४०० मत मात्र प्राप्त गर्नु भएको छ ।
१२ वटा वडा रहेको कञ्चनरुपमा एमालेले ४, काङ्ग्रेसले ४ र जसपाले ३ वटा वडा अध्यक्ष प्यानलै जिलेको छ भने ८ नम्बरको गणना भइरहेको छ ।
Add Comment