कञ्चनरुप, १४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको ८ जना कार्यपालिका सदस्य पदमा एमाले र जसपा गठबन्धले ७ वटा सदस्य पदमा विजय हासील गरेको छ ।
निर्वाचन अधिकृतको कार्यालय कञ्चरुप नगरपालिका सप्तरीमा एमालेले ४, काँग्रेसले ७, जनमतले १ र जसपाले ४ गरी जम्मा १६ जना मनोनयन दर्ता गराएका थिए ।
एमाले र जसपा नेपालको गठबन्धले कार्यपालिका सदस्य पदमा ७ वटा सदस्यमा जित हासिल गरेको छ ।
एमालेको तर्फबाट महिला सदस्यमा गिता देवी चौधरी ३२,मंजु देवी खंग ३२ र सीता कुमारी पौडेल ३२ मत र दलित वा अल्पसङख्यक सदस्यतर्फ तनुक लाल बरहीले ३२ मत ल्याएका छन् भने जसपाको तर्फबाट महिला सदस्यमा रन्जु कुमारी सरदार ३२, दलित वा अल्पसङख्यक सदस्यतर्फ शोभा पासवानले ३३ र सुरेश कुमार पंजियारले ३३ मत ल्याई विजय भएका छन् ।
एमाले र जसपा गठबन्धले एमालेको ४ जना र जसपा नेपालको ३ जना विजय भएका छन ।
महिला सदस्यमा जसपा महिला सदस्यमा महिमा कुमारी महतोले ३१ मत र नेपाली काँग्रसकी चन्द्रीका देवी खंगले ३१ मत भएकोले दुबै जनाको गोला प्राथाबाट नेपाली काँग्रसकी चन्द्रीका देवी खंग विजय भएकी कञ्चनरुप नगरपालिका निर्वाचन अधिकृत हिमालय बरालले जानकारी दिए ।
Add Comment