समाज

सप्तरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा चौधरीको मृत्यु

सप्तरी, २४ जेठ । सप्तरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बेलुका पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा सुरुङ्गा नगरपालिका ३ का ६८ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ना ६ ख ६३९९ नम्बरको ट्रकले चौधरी सवार स १०प ४६११ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक चौधरीको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथामा अञ्चल अस्पतालमा मंगलबार परीक्षण गरी परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ठक्कर दिने ट्रकका चालक र ट्रक नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक चौधरी नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य तथा स्थानीय तह चुनावमा सुरुङ्गा नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page