स्वास्थ्य

महिलालाई तलब सुविधासहित ९८ दिन प्रसूति बिदा दिन निर्देशन (सूचनासहित)

काठमाडौँ । सरकारी, निजी वा गैरसरकारी संघसंस्थामा कार्यरत महिलाले प्रसूति बिदा ९८ दिन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर ९८ दिनको तलबसहित बिदा दिन जानकारी दिएको हो ।
महिलाले सुत्केरी हुनुअघि वा पछि गरी ९८ दिन बिदा पाउने मन्त्रालयले उल्लेख गरेको छ । सुरक्षित मातृत्त्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ अनुसार निजी, गैरसरकारी तथा सरकारी संस्थामा कार्यरत महिलाले ९८ दिनको सुत्केरी बिदा पाउने व्यवस्था छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page