सप्तरी, २८ जेठ । पूर्व जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ ।
उहाँकी छोरी रक्षा चौधरीका अनुसार पूर्व मन्त्री चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
२०७४ साउन ११ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसङ्ख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको थियो । त्यसबेला चौधरी नेकपा (संयुक्त) को सांसद रहनुभएको थियो ।
चौधरी नेपाल महिला फेडरेशन सप्तरीको अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको श्रीमान, एक छोरा र दुई छोरी छन् ।
Add Comment