समाज

रौतहटबाट कटुवा पेस्तोलसहित दुई जना पक्राउ

रौतहट । प्रहरीले रौतहटबाट शुक्रबार कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साह रहेका छन् ।
प्रहरी चौकी मठियाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा पेस्तोलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ त्यहाँ पुगी चेकजाँच गर्दा पेस्तोल फेला परेको थियो ।
यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page