कञ्चनरुप । आठौँ चुरे दिवसको अवसरमा सप्तरीको सप्तकोसी नगरपालिकामा बिहिवार वृक्षारोपण गरिएको छ ।
सप्तकोसी नगरपालिकाको आयोजना तथा श्री बरख गण सुरक्षा बेस भगनिको सहकार्यमा सप्तकोसी ११ मा रहेको पर्यटकिय स्थल कमलदह र बरख गण सुरक्षा बेस भगनि परिसरमा सप्ताह ब्यापि वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको थियो।
वृक्षारोपण कार्यक्रममा बोल्दै बरख गण सुरक्षा बेस भगनिका सेनानि (मेजर) योगेन्द्र धमलालेभने हरियो वन नेपाल को धन भन्ने नारालाई सार्थक तुल्याउँदै रास्ट्रपति चुरेसंरक्षण कार्यक्रम अन्तरगत चुरेसंरक्षणगरि बाढी पहिरोबाट जोगाउने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको बताए।
चुरे संरक्षणगरि सप्तकोसीमा रहेको पर्यटकिय स्थल कमलदह परिसरलाई हराभरा बनाउनु हामि सबैको दायित्व रहेको सप्तकोसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरीले बताए।
सप्तकोसी नगरपालिकामा रहेको पर्यटकिय स्थल कमल दह र बरख गण सुरक्षा बेस भगनि परिसरको खालि जग्गामा बिभिन जातका बोटबिरुवा रोपिएको छ।
वन दिनानुदिन मासिदै गएकाले यसलाई सरक्षण गर्नका लागि बृक्षारोपण आवस्यक रहेको वडा नम्बर ११ का वडाअध्यक्ष डोलेस्वर खडगाले बताए।
मसला ,मलेसियन सखुवा, अमला, शिरीष, मेवा, अम्बक, आँप, कागती लगायतका बिरुवा रोपिएको सेनानि योगेन्द्र धमलाले बताए।
नेपाल सरकारले चुरे संरक्षणका लागि वि.स. २०७१ साल असार २ गते राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन गरेको थियो ।
Add Comment