समाचार

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकार सम्बोधन गर्न राजविराज नपासँग माँग

राजविराज, ६ असार । नगरस्तरीय मानव अधिकार निगरानी समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको आधारभूत अधिकारकालागि नगरपालिका समक्ष माँग गरेको छ ।
इन्सेकद्वारा गठित समूहका पदाधिकारीले आइतबार राजविराज नगरपालिकाका प्रमुख भिमराज यादवलाई उहाँको कायकक्षमा भेटेर उक्त विषय सम्बोधन गर्न माँग गरेका हुन् ।
नगर सभाबाट आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बन्न लागेको नीति, कार्यक्रम तथा योजनामा जनसरोकारसँग सम्बन्धित विषय समावेश गर्न ध्याकर्षण गरिएको सहजकर्ता दिपक यादवले जानकारी दिनुभयो ।
समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा स्थानिय समूदायलाई सचैत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन २०७६ साउन १ गतेदेखि विभिन्न कार्यक्रम गरिरहेको छ । कार्यक्रमअन्तर्गत छलफल, गोष्ठी, अभियान, अन्र्तक्रिया, अनुगमन, सार्वजनिक सुनवाई, जनचेतनामुलक कार्यक्रमलगायत मानवअधिकारको क्षेत्रमा पहल, पैरवी र सम्बन्धित निकायलाई मानवअधिकार र सामाजिक न्यायका लागि खबरदारी गर्दै आइरहेको छ ।
नेपाल संविधान २०७२ ले मौलिक हकको रुपमा प्रत्याभुत गरेको धारा ३१, ३५, ३६ र ३७ मा उल्लेखित अधिकार कानुनबमोजिम सन्चालनका लागि योजनाहरु समावेश गर्न ध्यानाकर्षण गराएको समूहका अध्यक्ष रघुबर साहले बताउनु भयो ।
समूहका अध्यक्ष साह र सचिव दिनानाथ यादवद्वारा हस्ताक्षरित माँगपत्रमा सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता वृद्धि गर्नका लागि शिक्षक दरबन्दी मिलान, विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्याब, स्वच्छ खानेपानी र सरसफाई, स्वास्थ्य जाँचका लागि बिधालय नर्स र स्यानिटरी प्याड तथा चेन्जिङ्ग रुमको उचित व्यवस्थाको योजना उल्लेख गरिएको छ ।
समयमै पाठ्यपुस्तक उपलब्ध, मापदण्डबमोजिम बिधालयमा खाजा, महिला मैत्री शौचालय, सामुदायिक बिधालयहरुमा बार्षिक परीक्षाको वेला मात्र बिधार्थीहरुको सङ्ख्ंया बृद्धि हुने प्रवृतिको नियन्त्रण, सामुदायिक विधालयहरुमा शिक्षक र बिधार्थीहरुको उपस्थिती, शिक्षण सिकाइहरुको नियमित अनुगमनको कार्यक्रम समावेश गर्न माँग गरिएको छ ।
नेपाल सरकारवाट निशुल्क उपलब्ध हुने औषधीहरुको सुची अस्पताल, स्वास्थ्य सस्ंथाहरुमा झुन्डयाउन र सही ढंगले वितरण गर्न, अस्पताल, स्वास्थ सस्ंथाहरुमा निर्धारित समयमा डाक्टर ,स्वास्थकर्मीहरुको उपलब्धता गराउन, स्वास्थ बीमा, स्वास्थ सेवाहरुको वारेमा सर्वसाधारण सम्म जानकारी दिन समूहले माँग गरेको छ ।
यसैगरी किसानहरुलाई आवश्यक पर्ने बिउ, मल र किटनाशक औषधीहरुको समयमै ब्यवस्था गर्न र समानुचित वितरण गर्न, कालावजारी रोक्न, नापतौलमा प्रयोग हुने ढक तराजुहरु तथा मानव स्वास्थमा असर गर्ने खाध तथा पेय पर्दाथहरुको नियमित अनुगमनका कार्यक्रम समावेश गर्न माँग गरिएको छ ।
राजविराज तरकारी हटियालगायतका ठाँउहरुमा सडेगलेको, फौहरमैलाहरु व्यवस्थापन र छाडा पशुहरुलाई नियन्त्रण गर्न, खाधको अधिकार सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्न, बढ्दो रासायनिक मलको प्रयोगमा कमी ल्याउन प्राङ्गारिक मलको उत्पादन तर्फ कार्यक्रम ल्याउन माँग गरिएको छ ।
आवासविहिन तथा जोखिमयुक्त जीवन बाँचिरहेको आवासविहिनलाई ब्यवस्थित आवासको व्यवस्था गर्नसमेत माँगपत्रमा ध्यानाकर्षण गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page