सप्तरी, ८ असार । लेनदेन विगो मुद्दाकी फरार रहेकी एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका २ की असिया कुमारी राम रहेकी छन् ।
जिल्ला अदालतले ६ महिना कैदको फैसला गरी फरार भएकी रामलाई मङ्गलबार घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी आशियालाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागी राजविराज कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment