समाज

व्युटीसियन तालिम समापन समारोहमा ४ जना संचारकर्मी सम्मानित

कञ्चनरूप (सप्तरी), ६ असार । सप्तरीको कञ्चनरुप नगरपालिका वडा २ स्थित बरमझियामा एक कार्यक्रम बीच संचारकर्मीहरु सम्मानित भएका छन् ।
ग्रामिण कंचन युवा क्लव कञ्चनरुप ८ द्वारा २०७८ चैत्र ७ गते बरमझियामा संचालनमा ल्याएको महिलाहरुका लागि तीन महिने व्युटीसियन तालिमको समापन समारोहमा संचारकर्मी उत्तम आचार्य, डम्बर राई, उत्सव आचार्य र किशोर पासवान सम्मानित भएका हुन् ।
नगरपालिका भित्र र बाहिर कार्यक्षेत्र बनाई आफ्नो अमुल्य समयसंगै कलमको माध्यमद्वारा समाज परिवर्तनमा अपुरणिययोगदान पुर्रयाउनु भएकोमा उच्च मुल्याङ्कनका साथ सम्मान पत्रले सम्मान गरेको हो ।
तीन महिना देखि ३३ जना महिला सहभागि रहेको तालिममा बेला बेलामा आयोजक समितिद्वारा निर्वाहित भूमिकालाई संचारकर्मीहरुले पनि सहयोग पुर्याउदै आएको थियो ।
सो कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष संजय पासवानले तालिममा संचारकर्मीको भुमिकाले थप सहयोग पुगेको भन्दै संचारकर्मीहरुलाई सम्मान पत्र हस्तान्तरण गराउँदै धन्यवाद प्रदान गरेका छन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page