समाज

तनुहँमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

तनहुँ । तनुहँको भानु नगरपालिकामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका ९ की ४३ वर्षीया तारा थापा रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएकी थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page