समाज

दमकबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा, असार १४ गते । झापाको दमकबाट सोमबार बेलुका लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका ५ गोर्खाली टोल बस्ने २६ वर्षीय प्रकाश राई, २६ वर्षीय प्रवेश राई र ३० वर्षीय भानुभक्त सुन्दास रहेका छन् ।
प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट डिजिटल तराजु सहित २१ ग्राम ५९० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेका तीनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page