जनकपुरधाम, २० असार । मधेस सरकारले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु गरेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित छोरी शिक्षा बीमा आइतबारदेखि पुनः सुरु भएको हो।
यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चुडामणी फुयालले बताउनुभयो । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
२०७८ माघ १ गते पछि जन्मिएका छोरीहरुको लागि सुरू गरिको बीमा, २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४ सय ५७ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’ २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारी शुभारम्भ गर्नुभएको थियो ।
Add Comment