समाचार

फर्पिङ चेकपोइन्टबाट नक्कली रुपैयाँसहित २ जना युवक पक्राउ

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालीकाबाट नक्कली रुपैयाँसहित २ जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाही बसबरीया गाउँपालिका वडा नं.३ बंगलवा बस्ने वर्ष २६ को चालक प्रमोद ठाकुर र सोही ठाउँका वर्ष २५ को गंगा कुमार यादव रहेका छन् ।
फर्पिङ चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौ आउँदै गरेको ना ३४ प ५५७० नं. को १५० सिसि पल्सर मोटरसाइकल सवार भई आएका उनीहरुलाई चेकजाँच गर्दा निजहरुको साथबाट सिरियल नं. झ७३६३६७०३, झ१९७९१४४४ र झ३७५३०६६९ नं. को हजार दरको नेपाली नक्कली रुपैयाँ २७ थान फेलापारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुबैजना उपर मुलुकी अपराध सहिंता २०७४, परिच्छेद – २२ को मुद्रा सम्बन्धी कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी बृत्त कीर्तिपुरबाट थप अनुसन्धान भई रहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page