समाचार

राज्यको त्रुटिपूर्ण नितिका कारण मल समस्या समाधानमा कठिनाई : कृषि मन्त्री यादव

बृजमान तामाङ /
विरेन्द्र बजार , २२ असार ।
मधेश प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवले राज्यको त्रुटिपूर्ण नितिका कारण मलको समस्या समाधानमा कठिनाइ भएको बताएका छ्न ।
कृषि ज्ञानकेन्द्र सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको समस्या देशभरका किसानलाई भएपनि चाहेर पनि समाधान गर्न नसकिएको बताए । नितिगत त्रुटिका कारण मल अभावको सम्बोधन गर्न सकिएको छैन, मन्त्री यादवले भने, मधेश सरकारले मल खरिद गर्न चाहेर पनि कानुनले रोकेको छ । गोलोबल टेन्डरबाट सिंहदरबारले मात्र मल खरिद गर्न सक्ने नितिका कारण किसानलाई मल उपलब्ध गराउन कठिनाइ भएको उनले बताए ।

उनले किसानहरूलाई खेतीको समयमा मल अभावको समस्या सम्बोधन गर्न मदेश प्रदेश सहितका ७ वटै प्रदेश सरकार र ७ सय ५३ स्थानीय सरकारले सिंहदरबारको ध्यानाकर्षण गराएको बताए । उनले किसानलाई सहजरूपमा मलको आपूर्तिका लागि प्रदेश तथा स्थानीय सरकारले मल खरिद गर्न सक्ने किसिमले कानुन परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
यादवले मल कारखाना खोल्न सक्ने क्षमता नेपाल सरकारको नभएको बताउँदै किसानले भोगेको मलखाधको समस्या समाधानमा आ आफ्नो क्षेत्रबाट सम्मान दृष्टिकोण बनाउनु पर्नेमा आबश्यकता औलाए । मन्त्री यादवले संविधानमा भएको त्रुटिका कारण सुखी नेपाली समृद्ध नेपाल निर्मामा जटिलता उत्पन्न भएको स्पष्ट पारे । देशमा भएको उत्पन्न सम्पुर्ण समस्या राज्यको नितिका कारण आएको जिकिर गर्दै मन्त्री यादवले संविधानको त्रुटि सच्चाउदै देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए । मन्त्री यादवले कृषीप्रधान देश भन्ने र कृषि क्षेत्रमा न्यून बजेट बिनियोजन गर्ने परिपाटीले कृषी क्षेत्रको अपेक्षित विकास हुन नसकेको स्पष्ट पारे ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लामा भएको मलखाद, बिउ,सिंचाइ, कर्मचारी अभाव, भौतिक पुर्वाधार तथा किसानहरुको समस्या बारे प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिबेदनमा ब्याबसायिक कृषि खेती तथा कृषीमा गरिएको यान्त्रीकिकरणको अबस्था र उपलब्धि बारे उल्लेख गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, राष्ट्रिय कृषक समुह महासंघ मधेश प्रदेशका सह सचिब भुपेन्द्र यादव, जिल्ला अध्यक्ष सुखीलाल यादव, जसपा युवा नेता लक्षमण यादव लगायतले किसानले बर्तमान अबस्थामा भोगेका समस्याको बारे मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा विभिन्न कृषि समुहमा आबद्ध कृषकहरु, ज्ञानकेन्द्रका कर्मचारी पत्रकार लगायतका स्थानीय अगुवा कृषकहरुको उपस्तिथि रहेको थियो । अनुगमनकाका क्रममा मन्त्री यादवले ज्ञानकेन्द्रको भौतिक पुर्वाधार लगायतका कार्यालयको निरीक्षण गरि आबश्यक जानकारी समेत लिएका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page