समाचार

धनुषाबाट स्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुई जना पक्राउ

धनुषा । सशस्त्र प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिकाबाट स्रोत नखुलेको ८३ लाख भन्दा बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीले मंगलबार जनकनन्दनी गाउँपालिका १ ईनरुवा स्थित सीमा ईलाकाबाट सोही ठाउँ बस्ने ३६ वर्षिय ईश्वर मण्डल र १९ वर्षिय राजेश मण्डललाई ८३ लाख ६४ हजार ५ सय नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी ईनरुवाबाट खटिएको सशस्त्र प्रहरीले ज ७ प ५००७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि चेकजाँच गर्दा उनीहरुले बोकेको आलुको बोराभित्र जाँच गर्दा उक्त रुपैयाँ फेला पारिएको हो ।
दुबैजनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि नगद र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page