समाचार

मोटरसाइकलको हावा खोल्ने प्रहरी हवल्दारमाथी छानबिन शुरु, विभागले सोध्यो स्पष्टीकरण

बृजमान तामाङ /
राजविराज, २९ असार ।
भुमी सुधार तथा मालपोत कार्यालय राजविराजका सेवाग्राहीहरुको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राज कुमार धामीमाथी छानवीन शुरु गरिएको छ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले बिहिवार घटना सम्बन्धमा बुझ्न पुगेका पत्रकार महासंघको टोलिलाई उक्त जानकारी गराएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारको टोलिसंग घटना बारे छ्लफल गर्दै संलग्न प्रहरी हवलदारमाथी कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । मोटरसाइकलको हावा खोलेर दुख दिने नियत देखियो, एसपी काफ्लेले भने, घटनामा संलग्न प्रहरी हवलदारमाथी छानवीन शुरु भइसकेको छ, अनुसन्धान टोलि खटाएर स्पष्टीकरण सोधेका छौ। अनुसन्धान टोलिको प्रतिबेदन आउनसाथ थप कारबाही अघि बढ्छ । तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुखद घटना भएको बताउदै एसपी काफ्लेले कानुन बिपरित कार्य गर्ने हवलदार धामीलाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
घटना बारे ध्यानाकर्षण गराउदै अध्यक्ष देवले प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गरे । अध्यक्ष देवको नेतृत्वको टोलिमा उपाध्यक्ष अम्बिका दाहाल, सचिब रामनारायण विश्वास, कार्यसमिति सदस्यहरु बिध्यानन्द राम, कृष्णा कुमार मण्डल, दिनानाथ यादव, परिष कुमार कर्ण, पीडित पत्रकार बृजमान तामाङ, पत्रकार सौरभ यादवलगायत पत्रकारहरु जिल्ला प्रहरी कार्यालय पुगेर घटनाको सत्यतथ्य छानबिन गरि कडा कारबाहीको माँग गरेका थिए ।
नगर प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवलदार धामीले भुमिसुधार तथा मालपोत कार्यालय राजविराजको पुर्वतर्फ तोकिएको पार्किङमा राखेको पत्रकार बृजमान तामाङको प्रेस लेखिएको मोटरसाइकलको दुबै चक्काको हावा खोलिदिएका थिए ।
ट्राफिक नियम उल्लंघन गर्नेमाथि जरिवाना लिने कानुनी व्यबस्थालाई चुनौती दिदै प्रहरी हवलदार धामीले सेवाग्राहीहरुको मोटरसाइकलको हावा खोलेर प्रहरी आचरण बिरोधि गतिविधि गरेको भन्दै प्रहरी संगठनको चौतर्फी आलोचना भएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page