आइतबार, १६ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, १६ कात्तिक २०८३
समाचार

इलाका प्रहरी कार्यालय महुलीद्वारा नागरिक सुनुवाइ कार्यक्रम आयोजना

बृजमान तामाङ /
बिरेन्द्र बजार , ३१ असार ।
ईलाका प्रहरी कार्यालय महुलीले बिहिवार नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज प्रहरी नायव निरीक्षक मो. साविर राईनको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।
इलाका प्रहरी कार्यालय महुलीको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले प्रहरी सेवा नागरिक मैत्री हुनुपर्नेमा जोड दिए । नागरिक र प्रहरी विचको सुमधुर सम्बन्धले मात्रै समाजमा शान्तिसुरक्षा कायम गराउन सकिने बताउदै बक्ताहरुले कार्यक्रमले सामाजिक परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
नागरिकको गुनासो सुन्ने उदेश्यले कार्यक्रम राखेकोमा आयोजकलाई धन्यवाद दिदै सहभागी बक्ताहरुले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनीहरुले समाजिक विकृतिको रुपमा फैलिदै गरेको लागुऔषध दुर्व्याबसानी र माधक पदार्थ नियन्त्रणमा आ(आफ्नो क्षेत्रबाट प्रहरीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष चौधरी, वडा नम्बर १ का अध्यक्ष सबजुल खलिफा, ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ४ का तेज नारायण यादव, ६ का अशोक आचार्यले मन्तव्य व्यक्त गरे ।
यसैगरी नेकपा एमाले मधेश प्रदेश सदस्य बोधराज सुबेदी, नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद सदस्य बृजमान तामाङ, नेपाली काँग्रेस सप्तरीका पूर्व उपसभापति भुवन आचार्य, माओवादी केन्द्रका जिल्ला सदस्य बेचन कुमार मण्डल,जनमत पार्टीका गाउँपालिका अध्यक्ष ललित कुमार यादव, जसपा गाउँपालिका सचिब मिलन चौधरी,मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डल, आदर्श दुग्ध विकास सहकारी संस्था महुलीका अध्यक्ष प्रभु नारायण कोइराला, सदाबाहार सहकारी संस्था सितापुरका हरिप्रसाद चौधरी, पत्रकार प्रिया सिंह थारु, रामनाथ चौधरी, स्थानीय गंगा राईन,हरि प्रसाद साह, मो. सागिर राईन लगायतले समेत मनतब्य व्यक्त गरे ।

स्थानीय राजाराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत ट्राफिक प्रहरी कार्यालय महुली चेकपोस्टका इन्चार्ज ट्राफिक प्रहरी साहायक निरीक्षक उत्तम भण्डारीले गरे ।
कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, संचारकर्मी, स्थानीय ब्यपारी व्यवसायी, सुरक्षाकर्मी लगायतका नागरिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page