कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुपमा मंगलबार दिउँसो पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको ज्यान गएको छ ।
ज्यान जानेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ का सुकदेव सदाकी १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेकी छन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बालिकाहरू सोही ठाउँका दीपक चौधरीको पोखरीमा नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयले जनाएका छन् ।
सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा ज्यान गएको थियो भने रजनीको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Add Comment