समाज

प्रहरीद्वारा कञ्चनरुप र अग्निसाईरबाट २ हजार ८ सय लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट

कञ्चनरुप, २९ असार । ईलाका प्रहरी कार्यालय कञ्चनपुरले घरेलु मदिरा नियन्त्रण अभियान अन्तर्गत अग्निसाईर कृष्णासवरण गाउँपालिका ४ बनौलीबाट ६ सय लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनपुर र महुलीको संयुक्त प्रहरी टोलीले उक्त मदिरा बरामद गरी नष्ट गरेको हो । अवैध रुपमा संचालन भएको रक्सी भट्टीमा छापा मारेर ६ सय लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।
मदिरा बनाउन प्रयोग हुने पलाष्टिकको भाडो ३२, सिलभरको भाडो ३ वटा, मदिरा बनाउने मेसिन २ वटा, पलामको ठुलु चुलो १ वटा, ४ बोरा रक्सिबनाउने सखर समेत प्रहरीले बरामद गरेको छ ।

उक्त बरामद गरिएका कच्चा पदार्थ र तयारी मदिर स्थानिय मानिसहरुको रोहबरमा नष्ट गरीएको जनाइएको छ ।
त्यसैगरी प्रहरी टोलिले बुधवारै कञ्चनरुप नगरपालिका १० भोडहा टोलबाट तयारी मदिरा २ हजार २ सय लिटर बरामद गरेको छ ।
अबैध रुपमा संचालन गरीरहेको १० वटा रक्सी भट्टीबाट २ हजार लिटर रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ , २ हजार २ सय लिटर तयारी रक्सी, स्टीलको ड्रम (५ सय लिटर) ४ वटा, ५० लिटरको १० वटा, पलास्टिकको जरकिन २२ वटा, मदिरा बनाउने भाँडो ४ वटा, मदिरा बनाउने मेशिन सानो ठुलोगरी १० वटा बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
बरामद गरिएको कच्चा पदार्थ र तयारी मदिरा स्थानीय मानिसहरुको रोहोवरमा नष्ट गरीको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page