कञ्चनरुप, १४, साउन । सप्तरीको कञ्चनरुप १२ रुपनगर स्थित रहेको एम डी हेल्थ केयर हस्पिटलले आयोजना गरेको एक दिने स्वास्थ्य शिविरबाट ४८५ जनाले सेवा लिएका छन्।
एम डी हस्पिटलले शनिवार आयोजना गरेको स्वास्थ्य शिविरबाट सामान्य चेकजाँच १५३ , प्रसुति तथा स्त्रीरोग ९२ जना, बाल रोग ४० जना, हाडजोर्नी तथा नशा रोग १९० जना, सर्जरी १० जना गरी जम्मा ४८५ जनाले स्वास्थ्य परीक्षण गरेका हुन्।
स्वास्थ्य शिविरमा विराटनगरका विभिन्न अस्पतालहरुका वरिष्ठ तथा अनुभवी डाक्टरहरूद्वारा उपचार प्रदान गरिएको एम डी हस्पिटलका संचालक जाकिर शेखले जानकारी दिए ।
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, प्रसुति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा नशा रोगसम्बन्धी चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरबाट नागरिकले गुणस्तरीय सेवाका साथै हस्पिटलद्वारा प्रदान गरिने ल्याब सेवा , भिडियो एक्सेरे सेवा , डिजिटल एक्सेरे सेवा, इसिजी र अन्य सेवाहरुमा ५० प्रतिशत छुट दिइएको शेखले बताए।
Add Comment