स्वास्थ्य

एकैदिन ९ सय १५ जनामा कोरोना संक्रमण , सक्रिय संक्रमितको संख्या ५ हजार ४३३

काठमाडौँ । देशभर आज एकैदिन थप ९ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको हो ।
योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३३ पुगेको छ । छिल्लो २४ घण्टामा ३०१ जना संक्रमणमुक्त भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page