बृजमान तामाङ /
राजविराज, १५ साउन । मधेश प्रदेश सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले आइतबार सप्तरीका विभिन्न स्थानहरु नवनिर्मित तीन वटा भवनको उद्घाटन गरेका छन।
सामाजिक विकास मन्त्रालय तथा संसदीय विकासकोबाट छुट्टाछुट्टै स्थानमा नवनिर्मित भवनको मन्त्री साहले उद्वघाटन गरेको हो ।
सप्तरी हनुमानगर कंकालिनी वडा नं. ०५ मा उनकै संसदिय विकास कोषवाट निर्मित २ कोठे मदर्शा भवन, वडा नं ६ मा सामाजिक विकास मन्त्रालय र संसदीय कोषद्वारा निर्मित सामुदायिक भवन र कञ्चनरुप नगरपालिका वडा नम्बर १० मा सामाजिक विकास मन्त्रालयद्वारा निर्मित माध्यमिक विधालय भोडहाको २ कोठे विद्यालय भवनको उदधाटन गरे ।
उक्त अवसरमा स्थानीय जनप्रतिनिधिहरु, विभिन्न पार्टीका नेताहरू, शिक्षक, अभिभावकहरु लगायत स्थानीयबासीहरु उल्लेखनीय उपस्थिति रहेको जसपा जिल्ला कार्यकारिणी समिति सदस्य रामेश्वर यादवले जानकारी दिए ।
मान्त्री साह आइतबारै पितृशोकमा परेका जसपा सप्तकोशी नगरपालिकाका अध्यक्ष राम कुमार यादवको घर पुगेर समवेदना व्यक्त गरेका छ्न । यादवको बुवाको शनिबार निधन भएको थियो ।
Add Comment