समाचार

लागुऔषध र नियन्त्रित औषधी सहित २ जना पक्राउ

मोरङ, श्रावण १५ गते । मोरङ प्रहरीले रतुवामाई नगरपालिका ४ भद्रचोक स्थितबाट लागुऔषध र नियन्त्रित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ७ का एक जना बालक र सोही स्थानका १९ वर्षीय अभिषेक ओली रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शनिवार दिउसो प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नाइट्रोभेट १० लेखिएको ३० ट्याबलेट, कोरेक्स १ बोतल, ट्रमाडोल हाईड्रोक्लोराईड ६६० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजानलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page