समाज

जङ्गली हात्तीको आतंक पून बढ्दै ; कञ्चनरुप -१२ बस्तीपुरमा लाखौंको अन्नपात नष्ट

डम्बर राई –
कञ्चनरुप, साउन ३१ गते । गत तीन बर्ष पछि जंगली हात्तीको आतंक पून सुरु भएको छ । आइतवार राती दुई बजेको समयमा आएको जंगली हात्तीले कञ्चनरुप -१२ स्थित बस्तीपुरका टेक बहादुर विक र काली बहादुर विकको घर भत्काई अन्नहरु खाइदिएको छ ।
काली बहादुर विकको भान्सा घरको भित्ता भत्काई ४० केजी चामल , तेल, नुन, चिनी, पिठो, कोदो खाई फाली नष्ट गर्नुको साथै राइसकुकर लगायत हाडाभाँडा कुल्चीएर तोडफोड गरेको छ । यसैगरी टेक बहादुर विकको जनता आवासले निर्माण गरीदिएको घरको भित्ता लडाइदिएको छ भने भान्साघर लाथालिङ्ग बनाई चामल, पिठो, तेल, दाल, नुन, लगायत खाधान्न भान्साघरमा भएको सबै खाई फाली तहसनहस गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

विगत लामो समयदेखी निरन्तर रुपमा सप्तकोसी नगरपालिका, कञ्चनरुप नगरपालिकामा हात्तीले लाखौंको अन्नवाली नष्ट गर्दै आउनुको साथै सयौं घर टहरा भत्काई दिएका छन् ।
कञ्चनरुपमा मात्रै ५ बर्ष यता हात्तीले १४ जनाको ज्यान लिइएको छ भने ३६ जनाभन्दा बढी घाइते भएका छन् ।
यो घटना निरन्तर रुपमा भइरहेपनि तीन बर्षयता हात्तीको ज्यादती कम हुदै आएको कञ्चनरुप निवासी ज्ञान बहादुर श्रेष्ठले बताए ।
जंगली हात्तीको समूह कोशीटप्पु वन्यजन्तु आरक्ष हुदै गाउँवस्तीमा आउने गरेको हुँदा आरक्ष क्षेत्रमा हात्ती आवतजावत गर्न नसक्ने किसिमको उपकरण वा ड्यामको व्यवस्था गरीनुपर्नेमा स्थानियहरुको माँग रहँदै आएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page