कोशी प्रदेश समाज

मोटरसाईकल चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनसरी, श्रावण ३० गते । मोटरसाईकल चोरी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ का ३७ वर्षीय बन्धन लिम्बु रहेका छन ।
मोटरसाईकल चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८।०६।१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ५ दिन कैद र रु. ५,००० (पाँच हजार) जरीवाना तोकिएता पनी हाल सम्म फरार रहदै आएका लिम्बु पक्राउ परेका हुन ।
फरार रहेका लिम्बुलाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर रिट समुहबाट खटीएको प्रहरी टोलिले आईतवार गाउँघरबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागी जिल्ला अदालत सुनसरी बुझाईएको जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page