समाज

सप्तरीबाट लाखौंको अवैध समानसहित तीन जना भारतीय नागरिक पक्राउ

राजविराज, १४ भदौ । सप्तरी प्रहरीले राजविराज र शम्भुनाथ नगरपालिकाबाट सोमबार ३ लाख ७६ हजार रुपियाँ बराबरको अवैध समानसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
अवैध समानसहित भारतको शिवहर जिल्ला थाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजित कुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ नगरपालिका–१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
भन्सार छली अबैध रुपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडाहरु मोटरसाईकलमा लोड गरी ल्याई रहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई फेला पारेको हो ।
पक्राउ परेका भारतीय नागरिकसहित अवैध समान आवश्यक कारवाहीको लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page