समाचार समाज

स्व. अम्बर बहादुरद्वार संकलन गरेको सुतार कार्कीहरुको वंशावली बिमोचन

फत्तेपुर । भोजपुरको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष नामक पुस्तक सार्वजनिक गरिएको छ ।
उहाँको सम्झनामा उहाँका पाँच भाइ छोरा र परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालले सुतार कार्की वन्धुको वंशावली तथा स्व. अमरबहादुर कार्कीको स्मृति पुस्तक शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको हो ।

पुस्तक सुतार कार्कीका अभिभावक वयोवृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या माध्यमिक विद्यालय आमचोक १ का पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उहाँका धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्की धर्म बहादुर खत्री ,कालुराम बिष्ट ,अर्जुन खड्का स्व. अम्बर बहादुर कार्की छोरा शंकर कार्की ,बिश्वराम कार्की ,देबेन्द्र कार्की , राजेन्द्र कार्की ,खगेन्द्र कार्की लगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा बिमोचन गर्नु भएको थियो ।

स्व. अमरबहादुर कार्कीका जेष्ठ पुत्र शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका सम्पादक देवेन्द्र कार्कीले पुस्तकको विषयमा जानकारी गराएका थिए ।
स्व. अम्बर बहादुर कार्कीका कान्छा छोरा खगेन्द्र कार्कीले कार्यक्रम सन्चालन गरेका थिए भने बिश्वराम कार्कीले पुस्तक प्रकासनमा सहयोग गर्नुहुने तथा कार्यक्रममा उपस्थित अतिथिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page