समाज

सप्तरीको महादेवाबाट गाईको बाछीलाई काटेको आरोपमा एक जना पक्राउ

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप (सप्तरी) । सप्तरीमा गाईको बाछीलाई काटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेवा गाउँपालिका ४ बलियाका ६५ वर्षीय सकुर मियाँ रहेका छन ।
शुक्रबार बिहान करिब साढे ११ बजेको समयमा ८ महिनाको गाईको बाछीलाई काटेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुर र प्रहरी चौकी डिमनबाट खटिएको टोलीले सकुरलाई पक्राउ गरेको हो । सकुरको घरबाट अन्दाजी ६ किलो बाछीको मासु र चार वटा खुट्टा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनले गाईको बाछी काटेर घरमा मासु लुकाइरहेका थिए।
घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page