समाचार

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्लाबासीमा सप्तरी प्रशासनको आग्रह

कञ्चनरुप (सप्तरी), १५ असोज । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक सूचना जारी गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनले आग्रह गरेको हो ।
बुझाइएको हातहतियारहरू निर्वाचन कार्य सम्पन्न भएको एक हप्ता पश्चात फिर्ता पाउने गरी कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाई वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ –“आगामी २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, स्वच्छ, निश्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सप्तरी जिल्ला भित्र रहेका इजाजत पत्र प्राप्त हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको एक हप्ता पश्चात फिर्ता पाउने गरी मिति २०७९ कार्तिक ५ गते भित्र नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय वा सोझै जिल्ला प्रहरी कार्यालयमा बुझाउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।”

KRN
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page