समाचार समाज

नेपाल यादव सेवा समितिद्वारा उत्कृष्ट अंक ल्याउने छात्र -छात्रा पुरस्कृत

सप्तरी । नेपाल यादव सेवा समितिले शुक्रबार एक कार्यक्रम विच उत्कृष्ट अंक ल्याउने छात्र-छात्रालाई पुरस्कार सहित सम्मान गरेको छ।
सप्तरी काठमाडौं समन्वय समितिद्वारा स्वजातिय समुदायका २०७९ को एसईई परिक्षामा ए प्लस ल्याएर उत्तीर्ण भएका छात्र छात्रालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
स्वजातिय समुदायबाट कञ्चनरूप नगरपालिका १० कञ्चनपुर बस्ने बुबा जयप्रकाश यादव (जेपी) र आमा मनिषा कुमारीको कोखबाट २०६४ फल्गुन महिनामा जन्मिएकी १५ वर्षीया मानषी कुमारीले प्रथम स्थान हासिल गरी पुरस्कार सहित सम्मनित भएकी छीन्।

डेफोडिल इङगलिश बोर्डिंग स्कूल कञ्चनपूरबाट कक्षा १० सम्म अध्ययन गरेकी मान्सीले २०७८ को एसईई परिक्षामा ३.७५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेकी थिइन्। उनले बायलोजी लिएर आइ.एसी. अध्ययन प्रारम्भ गरे पनि मानषीले भविष्यमा चार्टर्ड एकाउन्टेन्ट् बन्ने इच्छा व्यक्त गरेकी छन्।
यसैगरी समन्वय समितिले जिल्लाका १८ जना स्वजातिय छात्र र छात्राहरुलाई पुरस्कार तथा सम्मान पत्रबाट सम्मानित गर्नुका साँथै हुन भर्खरै सम्पन्न मधेश प्रदेश स्तरीय भारोतोलन खेलमा सप्तरीबाट ९२ किलोग्राम तोल उचाली प्रथम स्थान हासिल गरेकी अञ्जली कुमारी यादवलाई समेत पुरस्कार सहित सम्मनित गरिएको थियो।

You cannot copy content of this page