समाचार

मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा विकास गर्ने प्रदेशसभा सदस्यहरुको प्रतिबद्धता

राजविराज, १९ कात्तिक । मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्नुपर्नेमा राजविराजमा शनिबार आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरूले जोड दिएका छन् ।
मैथिली साहित्य परिषदद्वारा आयोजित मैथिली भाषाको बिकासका लागि उम्मेदवारहरूको अवधारणा कार्यक्रमका सहभागीहरूले उक्त जोड दिएका हुन् ।
कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ प्रदेश २ ख का उम्मेदवार लक्ष्मण यादबले आफु निर्वाचित भएमा मैथिली भाषाको बिकासका लागि मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा बिकास गर्ने प्रतिबधता गर्नुभयो । अर्का प्रतियाशी खेलानन्द दासले मैथिली भाषाको बिकास लागि भाषालाई सरकारी भाषाको रूपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो ।

महिदेव चौधरीले मैथिली भाषाको बिकासका बिधापतिको सम्झनामा प्रतिमा स्थापना गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रतिमा देवले मैथिली बिकासका लागि मैथिली पुस्तकालयको ब्यबस्थापन गरी संचालनमा ल्याउने बताईन् ।
मैथिल साहित्य परिषद अध्यक्ष सतिश कुमार दतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, पुर्व अध्यक्ष बिष्णु मण्डल, पुर्व मैथिल महिला परिषद अध्यक्ष मिना ठाकुर, अन्तराष्ट्रिय महिला परिषद महासचिव करूणा झा लगायतले मैथिली भाषाको बिकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

   

You cannot copy content of this page