राजनीति

सप्तरीमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न, क्षेत्र नम्बर ४ बाट तेजुलाल चौधरी विजयी, समानुपातिकको मतगणना जारी

बृजमान तामाङ /
राजविराज, १० मंसिर । सप्तरीमा ४ वटै क्षेत्रको प्रत्यक्ष तर्फको मतगणना शनिबार सम्पन्न भएको छ भने पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन ।
निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार जनता समाजावादी पार्टीका बालकिशोर यादवलाई ५ हजार ५ सय १४ मतान्तरले पछाडि पार्दै चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । चौधरीले २३ हजार ४ सय ९१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका यादवले १७ हजार ९ सय ७७ मत प्राप्त गरे ।
चौधरी सप्तरी ४ बाट तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छ्न । उनी यसअघि पनि सोही क्षेत्रबाट दुईपटक निर्वाचित साँसद हुन ।

सप्तरीमा प्रतिनिधिसभामा काँग्रेस २, जसपा १ ,जनमत १ र प्रदेश सभातर्फ जनमत ४, एमाले, काँग्रेस, एस र स्वतन्त्र एक एक स्थानमा विजयी भएका छ्न् ।
सप्तरी १ बाट प्रतिनिधिसभामा एमाले जसपाका साझा उम्मेदवार जसपाका नबलकिशोर साहले २३ हजार ५ सय ६४ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९ सय ९२ मात प्राप्त गरे । जसपाका केन्द्रिय कार्यकारिणी सदस्य एवम मधेश प्रदेशका सामाजिक विकास मन्त्री साह ३ हजार ५ सय ७२ मतान्तरले विजयी भए ।
यसैगरी तेश्रो स्थानका बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामदेव साह तेलिले १४ हजार ३ सय १२ मत प्राप्त गरे ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले ३५ हजार ४२ मत प्राप्त गरि विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा राउत १८ हजार ६३ मतान्तरले विजयी भए ।
यसैगरी क्षेत्र नम्बर ३ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसका दिनेश कुमार यादवले २६ हजार १ सय ६६ मत प्राप्त गरि विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका साझा उम्मेदवार एमालेका पुर्व संविधानसभा सदस्य तारकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा यादव ३ हजार ८ सय ६६ मतान्तरले विजयी भए ।
यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा एमाले जसपाका साझा उम्मेदवार एमालेका राज कुमार लेखीले १२ हजार ९ सय ९८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ८ हजार २ सय ९८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा लेखी ५ हजार १ सय ९८ मतान्तरले विजयी भए ।
यसैगरी (ख) बाट जनमत पार्टीका सकिल मियाँले १६ हजार १ सय ६० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार जसपाका सुदम्बर यादवले ९ हजार ९ सय ८८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा मियाँ ६ हजार १ सय ७२ मतान्तरले विजयी भए ।
यसैगरी सप्तरी २ (क) बाट जनमत पार्टीका सतिष कुमार सिहले १६ हजार ७ सय ३४ मत प्राप्त गरि विजयी भएभने निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका साझा उम्मेदवार मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा सिंहले ८ हजार २ सय ९२ मतान्तरले विजयी भए ।
यसैगरी (ख) जनमत पार्टीका महेश प्रसाद यादवले १३ हजार ३ सय २५ मत ल्याएर विजयी भएभने बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका पुर्व सिंचाइ मन्त्री उमेश कुमार यादवले ७ हजार २३ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा यादवले ६ हजार ३ सय २ मतान्तरले विजयी भए ।
यसैगरी क्षेत्र ३ (क) बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार काँग्रेसका मो।समिमले १० हजार ६ सय ३० मत ल्याएर विजयी भए भने निकटम प्रतिद्वन्दी जनमत पार्टीका रामप्रसाद मण्डलले ८ हजार ५ सय ३८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा समिम २ हजार ९२ मतान्तरले विजयी भए ।
यसैगरी (ख) बाट जनमतका शम्भु कुमार साहले १० हजार ८ सय ६२ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्दी एमाले(जसपाका उम्मेदवार जसपाका निबर्तमान प्रदेश साँसद विदेश्वर प्रसाद यादव विक्कीले १० हजार ८ सय १४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा साह ४८ मतान्तरले विजयी भए ।
यस्तै क्षेत्र नम्बर ४ (क) बाट बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी पार्टीका गोविन्द बहादुर न्यौपानेले ११ हजार ४ सय २९ मत ल्याएर विजयी भएभने जनमत पार्टीका नरेन्द्र पासवानले ५ हजार ५ सय ५८ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा न्यौपाने ५ हजार ८ सय ७१ मतान्तरले विजयी भए । न्यौपाने सोही क्षेत्रबाट निर्वाचित साँसद हुन ।
यसैगरी (ख) बाट स्वतन्त्र उम्मेदवार अनिरुद्व प्रसाद सिंह यादवले ९ हजार ९ सय ८५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका साझा उम्मेदवार जसपाका निवर्तमान साँसद अभिषेक यादवले ७ हजार ९ सय २० मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी भन्दा जसपाका बागी उम्मेदवार यादवले २ हजार ६५ मतान्तरले विजयी भए ।
चारवटा प्रतिनिधिसभा र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सप्तरीमा प्रत्यक्ष तर्फबाटको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए । समानुपातिक तर्फबाटको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको उनले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page