समाज

३१ औं अन्तरास्ट्रिय अपाङ्गता दिवस, फरक क्षमता भएका व्यक्तिलाई विभिन्न सामाग्री सहयोग

बृजमान तामाङ /
राजविराज, १७ मंसिर । ३१ औं अन्तरास्ट्रिय अपाङ्गता दिबसको अबसरमा सप्तरीको राजविराज ५ मा शनिबार अपाङ्गता भएका व्यक्ति तथा बालाबालिकालाई सामाग्री तथा कपडा वितरण गरिएको छ ।
अपाङ्ग संघ सप्तरी र सगरमाथा अपाङ्ग कल्याण संघको आयोजनामा एक समारोहका विच फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग प्रदान गरिएको हो । अपाङ्ग संघ सप्तरीका अध्यक्ष विरेन्द्र कुमार चौधरीको अध्यक्षता तथा धर्मी हल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी ईन्जिनियर यादव, विशिष्ट अतिथी छिन्नामस्ता गाउँपालिकाका उपाध्यक्ष राजु देवि यादव, समाजसेवी माधव चौधरी, मानव अधिकारकर्मी मनोहर पोखरेल, खडक नगरपालिकाका प्रशासन शाखा प्रमुख रामाकन्त चौधरी, तिरुहुत गाउँपालिकाका प्रशासन प्रमुख विशेश्वर यादव, समाजसेवी हितनारायणलाल दास, तेज नारायण यादव, पत्रकार बृजमान तामाङ, चन्दन यादव लगायतकाले फरक क्षमता भएका व्यक्ति तथा बालबालिकाहरुलाई शैक्षिक लगायतका सामाग्री प्रदान गरे ।


खडक, सुरुङ्गा नगरपालिका र तिरुहुत , छिन्नामस्ता गाउँपालिकाको सहयोगमा आयोजित कार्यक्रममा सप्तरीका विभिन्न स्थानका फरक क्षमता भएका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
उक्त अबसरमा समाजसेवी माधव चौधरीले शैक्षिक सामाग्री, नेपाल रेडक्रस सोसाइटी सप्तरीले टिसर्ट र धर्मिहल्फा महिला विकास क्लब सप्तरीले थाल गिलास सहयोग गरेको अपाङ्ग संघ सप्तरीका सचिव रामचन्द्र यादवले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page