राजविराज, १७ मंसिर । मधेस प्रदेश मिडिया काउन्सिल तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष शिवहरी भट्टराईको आज निधन भएको छ ।
सर्लाहीको लालबन्दी देखि ८ किलो मिटर उत्तरमा रहेको पथ्थरकोटस्थित लालबन्दी १३ होलिडे रिसोर्टमा सुतिरहेको अवस्थामा शनिवार बिहान भट्टराईको निधन भएको हो ।
नेपाल पत्रकार महासंघ सर्लाहीको आज हुने साधारण सभामा सहभागी हुन उहाँ हिजो जानु भएको थियो।
राजविराज घर भएका भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखाका संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रीय समितिका उपाध्यक्ष हुन । उहाँ होटलमा राति सुतेको र विहान मृत्यु भएको अबस्थामा भेटिएको पत्रकार महासंघ सप्तरीले जानकारी दिएको छ ।
उहाँको शव पोष्टमार्टमका लागि मलंगवा लैजाने तयारी हुँदै छ ।
मधेस प्रदेशका मिडिया काउन्सिल अध्यक्ष शिवहरी भट्टराईको निधन












Add Comment